जेनजी आनदोलनमा भएको क्षतिका लागि बिमा दाबी २३ अर्ब ३९ करोड पुग्यो

जेनजी आनदोलनमा भएको क्षतिका लागि बिमा दाबी २३ अर्ब ३९ करोड पुग्यो

काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि बिमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

नेपाल बिमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ८ गतेसम्म विभिन्न बिमा कम्पनीहरूमा जम्मा २ हजार ९८८ दाबी दर्ता भएका छन् । ती बिमा दाबीहरूको रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३०७ दा बिमार्फत ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि ओरिएन्टल इन्स्योरेन्सले ८६ दा बिमार्फत ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १९६ दा बिमार्फत २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

प्रदेशगत रूपमा हेर्दा, सबैभन्दा बढी बागमती प्रदेशमा दाबी परेको छ । यहाँ १,६०८ दाबी दर्ता भई कुल १८ अर्ब भन्दा बढीको बिमा दाबी परेको छ ।

त्यस्तै, कोशी प्रदेशमा ३७७ दा बिमार्फत २० अर्ब २५ करोड रुपैयाँ, गण्डकीमा २१९ दा बिमार्फत १७ अर्ब ९३ करोड रुपैयाँ, लुम्बिनीमा २५४ दा बिमार्फत ५२ करोड रुपैयाँ, मधेशमा ३२३ दा बिमार्फत ६५ करोड रुपैयाँ, कर्णालीमा २५ दा बिमार्फत ८ करोड ९८ लाख रुपैयाँ, र सुदूरपश्चिममा १८२ दा बिमार्फत २५ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।

Tokha