काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन-भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस अवधिमा काँकरभिट्टा नाकाबाट १६ हजार ३५२ किलोलिटर पेट्रोल मूल्य एक अर्ब ४२ करोड ७२ लाख, नौ हजार ४ किलोलिटर डिजेल ८४ करोड ४२ लाख, चार हजार २३३ मेट्रिक टन एलपी ग्यास ४० करोड ४९ लाख, एक हजार ४८८ किलोलिटर एटिएफ १३ करोड २८ लाख र २४८ किलोलिटर मट्टितेल दुई करोड २२ लाख आयात भएको कार्यालयले जनाएको छ ।

Tokha