जेनजी आन्दोलनमा संलग्न प्रहरी हत्या प्रकरणमा एक युवक पक्राउ

जेनजी आन्दोलनमा संलग्न प्रहरी हत्या प्रकरणमा एक युवक पक्राउ

काठमाडौं। जेनजी आन्दोलनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा काभ्रे निवासी युवराज क्याप्छाकी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी महाराजगञ्ज वृत्तका प्रहरीलाई आक्रमण गरिरहेको भिडियो सार्वजनिक भएपछि पक्राउ परेका हुन् ।

प्रहरीले भिडियो प्रमाणका आधारमा क्याप्छाकीलाई नियन्त्रणमा लिएको र उनको विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने जनाएको छ।

भदौ २४ गतेको आन्दोलनमा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो। सिन्धुलीका राय र दार्चुलाका थापालाई आन्दोलनकारीले कुटपिट गरेर हत्या गरेका थिए। थापालाई डीएसपी भनेर गलत आरोप लगाउँदै कुटिएको र त्यसै क्रममा ज्यान गएको बताइएको छ।

त्यस्तै, सोही घटनाक्रममा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङ पनि मारिएका थिए।

Tokha