काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।
नेपाल बिमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ५ गतेसम्म विभिन्न बिमा कम्पनीहरूमा जम्मा २ हजार ४७८ दाबी दर्ता भएका छन् । ती बिमा दाबीहरूको रकम २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३ ओटा बिमा दाबीका लागि ५२ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि सिद्धार्थ प्राइम इन्स्योरेन्सले २७९ ओटा बिमा दाबीका लागि ५० करोड ८३ लाख रुपैयाँ बराबर भुक्तानी गर्नुपर्ने देएिको छ ।
यस्तै, आईजीआई प्रुडेनशियल इन्स्योरेन्समा परेका १७० ओटा दा बिमा २७ करोड ६८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा ३७४ ओटा दा बिमा २३ करोड ९३ लाख रुपैयाँ र सगरमाथा लुजविनी इन्स्योरेन्समा परेका २५७ ओटा दाबी १५ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
बिमा प्रकारअनुसार हेर्दा सबैभन्दा बढी संपत्ति बिमामा दाबी दर्ता भएको छ । यस अन्तर्गत ५३८ दाबीबाट १८६ अर्ब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी माग भएको छ । त्यसपछि १ हजार ७७८ मोटर बिमा दाबी २९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । प्रदेशगत आधारमा बागमती प्रदेशमा सबैभन्दा धेरै दाबी परेका छन् । बागमतीमा १ हजार ३४३ दाबीबाट १७९ अर्ब ७७ करोड रुपैयाँ दाबी भएको छ । त्यसपछि कोशी प्रदेशमा ३२२ दाबीबाट १६ अर्ब ५० करोड रुपैयाँ दाबी गरिएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार बिमा व्यवसायमा पछिल्लो समय उत्पन्न असहज परिस्थितिका कारण दाबी संख्यामा उल्लेख्य वृद्धि भएको छ । समितिले कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रियामा ढिलाइ नगरी छिटोछरितो टुंगो लगाउन निर्देशन दिएको छ ।


































