काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार भदौ ३१ गतेसम्म १८ वटा बिमा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको हो ।
सबैभन्दा बढी बिमा दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । ३६६ वटा बिमा दाबी परेको उक्त कम्पनीमा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ बराबरको दाबी परेको उल्लेख छ ।
































