काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली प्रहारबाट घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको छ। उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो।
सिभिल अस्पतालका निर्देशक डा. मोहन रेग्मीका अनुसार प्रदर्शनका क्रममा गोली लागेर करिब ७० देखि ८० जना घाइते भएका छन् भने अहिले अस्पतालमा उपचार भइरहेको छ।
यद्यपि, मृतकको परिचय भने हालसम्म सार्वजनिक भएको छैन । घटनाबारे थप जानकारी आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

































