उखु किसान आन्दोलन : अनुदान कटौतीले तराई-मधेशका किसान असन्तुष्ट

उखु किसान आन्दोलन : अनुदान कटौतीले तराई-मधेशका किसान असन्तुष्ट

काठमाडौं । उखु किसानहरुको आन्दोलन आज पनि जारी नै रहेको छ ।

उखु किसानले पाउँदै आएको अनुदान वर्तमान सरकारले कटौती गरेपछि तराई मधेशका ११ जिल्लाका किसानहरु गत आइतबारदेखि संघीय राजधानी काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

सोही क्रममा नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष एंव उखु किसान हरेन्द्र सिंह बिस्टले नेपाल सरकारले किसानलाई दिदैँ आएको प्रवद्र्धन खर्च कटौती गर्ने निर्णय गरेको विरद्ध आन्दोलनमा उत्रिएको भन्दै सम्पूर्ण उखु उत्पादन गर्ने किसानहरुको तर्फबाट यो निर्णयमा खेद प्रकट गरेको बताए ।

उनले भने, ‘विगत सात वर्षदेखि नेपाल सरकारले प्रवर्धन खर्च भनेर उखुमा ६०, ६५ र हाल ७० रुपैयाँ दिदैँ आएको छ तर अहिले आएर नेपाल सरकारले जुन किसानलाई दिदैँ आएको प्रवर्धन खर्च ७० रुपैयाँ छ त्यो कटौती गर्ने जुन एउटा खेदपूर्ण निर्णय गरेको छ । त्यसमा हामी सम्पूर्ण उखु उत्पादन गर्ने किसानहरुको तर्फबाट खेद प्रकट गर्न चहान्छौ ।’

यस्तै, उनले देशको आर्थिक अवस्थालाई मजबुद बनाउनको लागि किसानहरुले भूमिका खेलि रहेको बेला, सरकारलाई अर्बौ रुपैयाँ दिएको अवस्थामा किसानहरुलाई थप सुविधा दिनुपर्ने ठाँउमा उत्पादन मूल्यमा नै कटौती गरेको भन्दै यसमा किसाहरु असन्तुष्ट रहेको बताए ।

उनले भने, ‘हामीलाई नेपाल सरकारले अनुदान दिदैँन् भनेर कृपा गर्दैछ । हामीले उखु उत्पादन गरेर अर्बौ रुपैयाँ कर तिरेर देशको अर्थ व्यवस्थालाई सबल बनाउनको लागि देशको आर्थिक अवस्थालाई मजबुद बनाउनको लागि किसानहरुले भूमिका खेलि रहेको बेला किसानहरुलाई राज्यले कुनै अरु स्रोतबाट भर नदिने गरि, ढुकुटिबाट दिनुपर्ने रकम पनि केही छैन् । हामीले नै सरकारलाई अर्बौ रुपैयाँ दिएको छ । यस्तो अवस्थामा पनि हामीलाई थप सुविधा दिनुपर्ने कुरामा हाम्रो उत्पादन मूल्यमा नै कटौती गरेपछि हामी किसाहरु यसमा खुसी छैनौ ।’

Tokha