काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ । जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ विभागले जनाएको छ ।
विभागका अनुसार आज राती मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाडी भू-भागमा थोरै र बाँकी भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।
































