१०२ मेगावाटको मध्य भोटेकोशी आयोजना उत्पादन पूर्व तयारीमा, सुरुङ र पावरहाउस सुरक्षित पार्न निर्देशन

१०२ मेगावाटको मध्य भोटेकोशी आयोजना उत्पादन पूर्व तयारीमा, सुरुङ र पावरहाउस सुरक्षित पार्न निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बन्धित अधिकारीहरुलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिएका छन्  ।

पुर्णत स्वदेशी शिप र पूँजीबाट बन्ने सर्वाधिक ठूलो आयोजनाको रुपमा रहेको यो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो ।

‘निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलो मिटरको सुरुङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिए ।’ प्राधिकरण स्रोतले भन्यो । यसका साथै पावरहाउस लगायतका सबै पुर्वधारहरु भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्थ गर्न समेत निर्देशन दिएका छन् । ‘उनले पावरु हाउसलाई स्लाडिङ व्यारिकेडहरु बनाएर तथा अन्य क्षेत्रमा आउनसक्ने बाढीबाट आयोजनाका संरचना जोगाउन निर्देशन दिए ।’ स्रोतको भनाइ थियो ।

लामो समयको प्रतिक्षा पछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो ।  बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहने  आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन  । सुरुमा बाह्रविसे-लप्सिफेदी प्रसारण लाइनबाट विद्युत प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरु सँग सहमती हुननसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो । त्यहाँ समेत सम्भव नभएपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केवर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो ।

०७० साल देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी-पहिरो तथा कोभिड-१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुनसकेको थिएन  ।

Tokha