मोरङ । नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला समितिले ४७ औं पुष्पलाल स्मृति सप्ताह मनाउने क्रममा बुधबार मोरङको बेलवारी वडा नं. ४ स्थित देवीथान सामुदायिक बनमा फलफूलका विरुवा बृक्षारोपण गरेको छ । जंगलमा खानीकुराको अभावले जंगली जनावरलाई परेको असरलाई मध्यनजर गर्दै बृक्षारोपण गरिएको हो ।
जंगली जनावहरु खानेकुराको अभावमा सडकमा आउँदा निम्तीएको दुर्घटनाको जोखिम कम गर्न जंगलमै फलफूलका विरुवा रोपेर दुर्घटनाको जोखिम कम गर्न खोजिएको नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि उपाध्यक्ष दिपक ढकालले बताए ।
कार्यक्रममा तीन सय फलफूलका विरुवा रोपएिको थियो । आगामी पुष्पलाल स्मृति सप्ताहमा मोरङका राजमार्गसँग जोडिएका सामुदायिक बनहरुमा थप २७ सय फलफूलका विरुवा रोपिने पनि ढकालले बताए ।
वयोबृद कम्यसनिष्ट नेता हर्कमान तामाङ प्रमुख अतिपिथ रहेको कार्यक्रममा प्रदेश अध्यक्ष सरिता खड्का र केन्द्रीय सदष्य सेवन्त राज भन्डारि लगायत प्रदेस कमिटि जिल्ला पदाधिकारि जिल्ला अध्यक्ष को पनि उपस्थिति रहेको थियो ।

































