उपभोक्ता अदालतको निर्णयको विरोधमा नेपालभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द

उपभोक्ता अदालतको निर्णयको विरोधमा नेपालभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं । नेपालभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द भएका छन् । यो निर्णय उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीसम्बन्धी मुद्दामा गरेको कारबाहीको विरोधमा नेपाल चिकित्सक संघले गरेको हो।

हाल अस्पतालहरूमा आकस्मिक सेवा मात्र उपलब्ध छ । उपभोक्ता अदालतले हालै ग्रान्डी, हिमाल र ओम अस्पतालका साथै केही चिकित्सकहरूलाई ठूलो रकम क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले चिकित्सा पेसालाई अन्य व्यवसायजस्तो व्यवहार गरिनु अस्वीकार्य भएको बताएका छन्। उनले यस्ता विषयमा नेपाल मेडिकल काउन्सिलले मात्र मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन् ।

संघले उपभोक्ता अदालतलाई आफ्नो निर्णय पुनर्विचार गर्न र स्वास्थ्य मन्त्रालयलाई यस विषयमा तत्काल ध्यान दिन आग्रह गरेको छ। सुरक्षित कार्य वातावरण नभए स्वास्थ्य सेवामा गम्भीर असर पर्ने चेतावनी दिँदै संघले उचित कदम नचाले सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

Tokha