विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सडक आन्दोलन

विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सडक आन्दोलन

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् ।

सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा-जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उच्च कर हटाउ, व्यापार बचाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै सरकारको निर्णयको विरोध जनाएका हुन् ।

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सरकारसँग वार्ता गरी सुनचाँदीमाथिको ‘विलासी कर’ हटाउन माग गरेको छ । उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर तिनमा १३ प्रतिशतसम्मको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको थियो । यही निर्णयको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका हुन् ।

Tokha