काठमाडौं । सेयर बजार मंगलबार करिब १० अंकले बढेको छ । नेप्से परिसूचक ९.९३ अंकले वृद्धि हुँदै २६४९ अंकमा उक्लिएको हो । बजार दिनभर केही उतारचढावमा रह्यो ।
आज कुल कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो भने आज ७ अर्ब १२ करोड कारोबार भएको छ । जुन, एक महिनायता सबैभन्दा बढी हो । कुल १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
वित्त समूहले सबैभन्दा बढी आकर्षण पाएको छ । यस समूहको सूचक २.८७ प्रतिशतले बढेको छ । हिजो उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी बढेको थियो तर आज सो समूह ०.५१ प्रतिशत घटेको छ । होटल तथा पर्यटन समूहमा पनि ०.२३ प्रतिशत घटेको छ ।
बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बिमा ०.०४, लघुवित्त ०.८४, निर्जीवन बिमा ०.१२, अन्य ०.७७ र व्यापार ०.५४ प्रतिशतले बढेका छन् ।
आजको कारोबारमा जीवन विकास लघुवित्तले सबैभन्दा धेरै १० प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यस्तै थ्रीस्टार हाइड्रोपावर ९.५४, जानाकी फाइनान्स ५.८३, गुडविल फाइनान्स ५.४६ र एसवाई प्यानल ५.४३ प्रतिशतले बढेका छन् ।
उत्पादन घट्नेमा रुरु जलविद्युत शीर्षमा छ, जसको मूल्य ८.४१ प्रतिशतले घटेको छ । त्यसैगरी ट्रेड टावर ६.२६, सान्भी इनर्जी ५.६१, बन्दीपुर केबुलकार ५.४२ र श्रीनगर एग्रिटेक कम्पनी ५.१६ प्रतिशतले घटेका छन् ।

































