पशुपति क्षेत्रलाई नेपाली सभ्यता, संस्कृति र अध्यात्मको एक जीवन्त सङ्ग्रहालय मानिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्र केवल हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मात्र नभई, कला र वास्तुकलाको अनुपम नमुना पनि हो । यहाँ दैनिक हजारौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरूको आगमन हुन्छ । बागमतीको कञ्चन लहर (आशातित), ढुङ्गाले छापिएका आँगन, र प्राचीन मन्दिरहरूले यहाँको गौरवमय इतिहासलाई आज पनि जीवन्त राखिरहेका छन् ।

पशुपतिनाथ मन्दिरबारे जानकारी :
हिन्दु धर्मावलम्वीहरुको पवित्र तीर्थस्थलमध्येको एक हो पशुपतिनाथ । काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर संसारमा रहेका ‘२७५’ पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको ९४,७९२ रोपनी जग्गामा फैलिएको छ। शिवजीको पूजा हुने पशुपतिनाथ दर्शनका लागि विभिन्न देशबाट तीर्थालुहरु आउने गर्छन् ।
पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्छन्।
पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। पशुपतिनाथको मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ । जुन अति सुन्दर खुदी काठबाट बनेका छन्।
यस मन्दिरको २ स्तरको छाना सुन र तामाले बनेको छ भने मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ।
‘पशुपतिनाथ’ खासमा भगवान शिवको नाम हो। अनेकौँ ग्रन्थ र वेदहरूमा शिवजीको नाम पनि अनेकौँ उल्लेख गरिएको छ, तर शिवजीको वास्तविक नाम ‘पशुपतिनाथ’ भएको शिवपुराणमा उल्लेख गरिएको छ। पौराणिक कथाअनुसार महाभारतको युद्धपछि पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग युद्धमा आफन्तहरूको हत्या गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागि के उपाय गर्नुपर्ला भनेर सोधेका थिए।
































