काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९५ को बिन्दुमा कायम भएको छ ।
आज ३२३ कम्पनीको एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१.६० को कारोबार भएको छ । आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६.०८ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ ।
































