सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउमा वृद्धि देखिएको छ ।

मंगलबार प्रतितोला तीन हजार एक सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार चार सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो ।

यसैबीच, चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज चार हजार नौ सय ३५ रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँको वृद्धि हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha