वृद्धलाई कुटपिट गर्ने आरोपी पक्राउ

वृद्धलाई कुटपिट गर्ने आरोपी पक्राउ

काठमाडौँ, २५ चैतः सार्वजनिक स्थानमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको काठमाडौँको वसन्तपुर क्षेत्रमा एक वृद्धलाई कुटपिट गरिएको भिडियोको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। सोही क्रममा घटनामा संलग्न रहेको आरोपमा चन्द्रागिरी नगरपालिका–थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

यस प्रकरणमा जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट अभद्र व्यवहार सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइएको छ। हाल प्रहरी वृत्त जनसेवा बाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Tokha