सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौं, २२ चैत/ डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद रहेका अर्याल सर्वसम्मत रूपमा सभामुख चयन भएका हुन्।

आज बसेको प्रतिनिधिसभा बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

सभामुख पदका लागि रवि लामिछाने ले अर्यालको नाम प्रस्ताव गरेका थिए भने स्वर्णिम वाग्ले ले प्रस्तावको समर्थन गरेका थिए।

समर्थनका क्रममा अर्थमन्त्री वाग्लेले २०४७ सालयता सभामुखहरूको भूमिका स्मरण गर्दै संसदलाई सन्तुलित र प्रभावकारी बनाउन नव-निर्वाचित सभामुख अर्यालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

निर्वाचनपछि ज्येष्ठ सदस्य केसीले अर्याललाई सफल कार्यकालको शुभकामना तथा बधाई दिएका थिए। प्रस्तावक र समर्थकको मन्तव्यपछि बैठकले सर्वसम्मत रूपमा अर्याललाई सभामुख चयन गरेको घोषणा गरिएको हो।

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते सोमबार अपराह्न १ बजे बस्ने तय गरिएको छ।

Tokha