नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २२ चैत/नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ। अघिल्लो शुक्रबारदेखि कायम रहेको मूल्य नै आइतबारका लागि पनि यथावत् राखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार, आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो साताको बिहीबार र शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन। शुक्रबार प्रतितोला चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यता, अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔँस चार हजार छ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Tokha