काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार (चैत १७) बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठक पार्टी कार्यालयमा बस्नेगरी बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउका विषयमा संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ ।
































