एमाले बैठकः ओली–लेखकको गिरफ्तारीविरुद्ध व्यापक विरोध कार्यक्रम घोषणा, चैतदेखि वैशाखसम्म भेला र प्रदर्शन गर्ने योजना

एमाले बैठकः ओली–लेखकको गिरफ्तारीविरुद्ध व्यापक विरोध कार्यक्रम घोषणा, चैतदेखि वैशाखसम्म भेला र प्रदर्शन गर्ने योजना

काठमाडौँ। पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण गिरफ्तारी र शान्तिपूर्ण आन्दोलनमाथि भएको दमनको विरोधमा एमाले सचिवालय बैठकले व्यापक विरोध कार्यक्रम घोषणा गरेको छ।

बैठकले तय गरेका मुख्य कार्यक्रमहरू यस प्रकार छन्:

  1. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला आयोजना गर्ने।
  2. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।
  3. वैशाख ३ गते वडा तहमा भेला आयोजना गर्ने।
  4. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
  5. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
  6. विद्यार्थी र पेशागत संगठनहरूसम्बन्धी गतिविधि समेटेर सबै जनसंगठनले आफ्नै ढंगले आन्दोलन सञ्चालन गर्ने र पार्टीको कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने। यस क्रममा भोलि बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।
  7. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।
  8. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति सुनिश्चित गर्न उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याल जिम्मेवार हुनेछन्। भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।
  9. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

एमाले सचिवालयले भनेको छ कि उक्त कार्यक्रमहरू सरकारद्वारा शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमनको विरोधमा सबै तहमा प्रभावकारी ढंगले सञ्चालन गरिनेछ।

Tokha