अध्यक्ष ओलीका पिताको निधनप्रति नेता पोखरेलद्धारा परिवारजनमा समवेदना व्यक्त

अध्यक्ष ओलीका पिताको निधनप्रति नेता पोखरेलद्धारा परिवारजनमा समवेदना व्यक्त

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएकोमा शीर्ष नेताहरुले श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गरिरहेका छन् । सोमबार एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई भेटेका छन् ।

पोखरेलले ओली निवास भक्तपुरको गुण्डु पुगेर केपी ओलीलाई बुवाको निधनमा गहिरो समवेदना र सांत्वना प्रकट गरेका हुन् । “पारिवारिक क्षति अत्यन्तै पीडाजनक हो। यस दुखको घडीमा हामी सबै तपाईंको साथमा छौं,“ पोखरेलले भने।

ओलीका पिता मोहनप्रसाद ओलीका बारेमा भनेका छन् “उहाँले सधैं सत्य र इमानदारिता मार्गमा अघि बढ्नका लागि परिवारलाई प्रेरणा दिनुभएको थियो। उहाँको योगदान र योगदानलाई हमेसा सम्झिनेछौं।“

शीर्ष नेताहरुका साथै विभिन्न समाजिक र राजनीतिक व्यक्तित्वहरुले उनको निधनमा दुःख व्यक्त गर्दै परिवारप्रति गहिरो समवेदना अर्पण गरेका छन् ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते बिहान निधन भएको थियो ।

 

Tokha