देशभर लागूऔषधसहित १४ जना पक्राउ

देशभर लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, २६ फागुन – प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, बर्दियाको गुलरिया–११ गणेशपुरबाट गौरव पुन मगर र झापाको कमल गाउँपालिका–६ बाट लक्ष्मण राजवंशी पक्राउ परेका छन्। सुनसरी इनरुवा नगरपालिका–४ बाट जेम्स राई र सिद्धार्थ चौधरी पक्राउ भए।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बाट १८ वर्षीय किशोर पक्राउ परे। मकवानपुरको मनहरी–८ सिमपानीबाट सन्त सिंह लामा र सन्तवीर मोक्तान पक्राउ भए।

कैलालीमा प्रतिक चौधरी, बिवेक चौधरी, नमराज बराइली, छत्र बहादुर विक र रमेश दर्लामी मगर पक्राउ परेका छन्। बाँकेको कोहलपुर–११ बाट गोबिन्द सुनार र कास्की पोखरा–९ बाट सुनिल कमर पक्राउ परेका छन्।

नेपाल प्रहरीले पक्राउ परेकाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

Tokha