मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्यो, मास्क प्रयोग गर्न आग्रह

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्यो, मास्क प्रयोग गर्न आग्रह

काठमाडौँ, १६ फागुन – हालका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढिरहेको छ।

विशेषगरी काठमाडौँ, पोखरा लगायत ठूला सहर र तराईका अधिकांश स्थानमा PM2.5 (प्रदूषणका साना कणहरू) को मात्रा उच्च रहेको वातावरण विभाग ले जनाएको छ।

विभागले आम नागरिकलाई घरबाहिर निस्कँदा मास्क लगाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, फोहोर तथा बालीनाली नजलाउन र जलाउने कार्य रोक्न अनुरोध गरेको छ। साथै, वन–जङ्गलमा डढेलो नलगाउने, निर्माण कार्य गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्ने, र उद्योग–कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

वायु प्रदूषण प्रायः बिहान–बेलुका उच्च हुने गरेको विभागको भनाइ छ। चिसो मौसम र वर्षा नहुँदा प्रदूषण फैलिन नसक्ने भएकाले यस याममा वायु प्रदूषण बढ्ने गरेको उल्लेख छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी ले वायु प्रदूषण न्यूनीकरणको लागि जिम्मेवार निकाय र आम नागरिकको सहकार्य आवश्यक रहेको बताएका छन्।

Tokha