वर्षे तरकारीको बीउ वितरण गर्दै टोखा नगरपालिका

वर्षे तरकारीको बीउ वितरण गर्दै टोखा नगरपालिका

टोखा नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न वर्षे तरकारीका बीउ वितरण गर्ने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वर्षे तरकारीको बीउ वितरण गर्न लागेको जनाएको हो।

नगरपालिकाका अनुसार बीउ वितरण २०८२ चैत २५ र २६ गते कार्यालय समयभित्र गरिनेछ। बीउ लिन इच्छुक टोखा नगरपालिकाभित्रका कृषकले सम्पत्ति कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित कृषि विकास शाखामा सम्पर्क गर्नुपर्नेछ।

कृषि उत्पादन वृद्धि तथा स्थानीय कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ। बीउ वितरण सम्बन्धी सूचना कृषि प्रसार अधिकृत सुमिना पाठक ले जारी गरेकी हुन्।

Tokha