मकवानपुर — थाहा नगरपालिकाले हाइब्रिड मकैको बीउमा ५० प्रतिशत अनुदान दिने कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ। कृषि विकास शाखा इन्द्रायणीचौर मकवानपुरले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त योजना सञ्चालन गर्न लागेको हो।
नगरपालिकाका अनुसार थाहा नगरपालिका भित्रका इच्छुक कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातसहित नगर कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्न सक्नेछन्।
अनुदान कार्यक्रममा सहभागी हुन चाहनेले निवेदन, कृषक समूह/कृषि सहकारी/कृषि फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपि, कृषक समूह वा सहकारीको बैठक निर्णयको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा पान दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने कृषि विकास शाखाले जनाएको छ।
नगरपालिकाले समयसीमा नाघेर आएका वा अपूर्ण निवेदनलाई कार्यक्रममा समावेश नगरिने स्पष्ट गरेको छ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि कृषि विकास शाखाको फोन नम्बर ९८४५७०३३४१ वा ९८५५०७२७०० तथा इमेल adsthahamun@gmail.com मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।
































