काठमाडौँ, २६ फागुन : प्रतिनिधिसभा निर्वाचनका कारण केही समय रोकिएको बजार अनुगमन पुनः सुरु गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको जनाएको छ।
अनुगमनका क्रममा कैफियत भेटिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
यसैगरी अनुगमनमा समेटिएका अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ।
विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको बताएको छ।

































