समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना

समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना

काठमाडौँ, २६ फागुन : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मत गणना भएको छ। निर्वाचन आयोग ले बिहान ३:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले ४९ लाख पाँच हजार ६१४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ। त्यसैगरी नेपाली कांग्रेस ले १६ लाख ५८ हजार ५८०नेकपा (एमाले) ले १३ लाख ७९ हजार ७५८ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ले सात लाख ४५ हजार ८१९, श्रम संस्कृति पार्टी ले तीन लाख ४५ हजार ६७४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ले तीन लाख २१ हजार २७७ मत प्राप्त गरेका छन्।

यसैगरी जनता समाजवादी पार्टी नेपाल ले एक लाख ६७ हजार ८२४, राष्ट्रिय परिवर्तन पार्टी ले एक लाख ६३ हजार ६४६जनमत पार्टी ले ७४ हजार ९०५ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार मतगणना प्रक्रिया अझै जारी रहेको छ।

Tokha