आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौँ, ९ फागुन : आज विश्वभर अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै छ। यस वर्ष ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विभिन्न देशमा विविध कार्यक्रम आयोजना भइरहेका छन्। भाषिक विविधताको संरक्षण, बहुभाषिक शिक्षा प्रवद्र्धन र संस्कृतिहरूबीच समझदारी अभिवृद्धि गर्नु यस दिवसको मूल उद्देश्य हो। यो दिवस सन् २००० देखि United Nations Educational, Scientific and Cultural Organization (युनेस्को) को आह्वानमा प्रत्येक वर्ष फेब्रुअरी २१ मा मनाइँदै आएको छ। सन् १९९९ मा Bangladeshको पहलमा प्रस्ताव अघि सारिएको थियो, जसलाई पछि संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गर्दै सन् २००८ लाई अन्तरराष्ट्रिय भाषा वर्षका रूपमा घोषणा गरेको थियो। नेपालमा पनि विभिन्न कार्यक्रममार्फत मातृभाषा दिवस मनाइँदै छ। यहाँस्थित Bangladesh Embassy in Nepalले सहिद स्मृति दिवससँगै विशेष कार्यक्रम आयोजना गरेको जनाएको छ। यसै अवसरमा भाषा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सम्बन्धित मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला तथा नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमानको उपस्थिति रहेको थियो। युनेस्कोका अनुसार भाषा केवल सञ्चारको माध्यम मात्र नभई विकास, सांस्कृतिक विविधता, अन्तरसांस्कृतिक संवाद र सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने सशक्त आधार हो। भाषाको संरक्षण भनेको पहिचान, इतिहास र भविष्य जोगाउनु हो—यही सन्देशका साथ आज विश्वभर मातृभाषा दिवस मनाइँदै छ।

Tokha