काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट बुधबार राति प्रहरीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट बरामद गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित अन्य ५ जना रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

































