सुनको मूल्य प्रतितोला १ हजार ४ सयले घट्यो

सुनको मूल्य प्रतितोला १ हजार ४ सयले घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता निरन्तर उकालो लागेको स्थानीय बजारमा सुनचाँदीको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ४०० रुपैयाँले कम हो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा दैनिक रूपमा उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन् ।

Tokha