आमरण अनशन बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो

आमरण अनशन बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशन बसेका डा. निकोलस भुसाललाई वीर अस्पताल लगिएको छ ।

काठमाडौंको माइतीघरमा ९ दिनदेखि अनशन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि उनलाई आज उपचारका लागि वीर अस्पताल लगिएको हो ।
उनलाई केही दिनअघिदेखि जीउ सुन्निने, रिंगटा लाग्ने समस्या थियो ।

उनले जेन-जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन-जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत उनको माग छ ।

Tokha