काठमाडौं । नेपाली बजारमा केही समयदेखि लगातार रेकर्ड कायम गरिरहेको सुनको मूल्यमा मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।
महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ तोकेको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि आइतबारको तुलनामा सुनको भाउ ६०० रुपैयाँले घटेको थियो । आइतबार सुन हालसम्मकै उच्च बिन्दु २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १९० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा ६० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड ४ हजार ८९५ रुपैयाँ पुगेको थियो ।

































