नेप्सेमा ४७ अंकको उछाल : ५ अर्ब ५३ करोडको कारोबार, सबै उपसमूहमा हरियाली

नेप्सेमा ४७ अंकको उछाल : ५ अर्ब ५३ करोडको कारोबार, सबै उपसमूहमा हरियाली

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४७.५५ अंकले उकालो लागेर २६३३.४२ अंकमा कारोबार बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतको वृद्धि हो ।

यस दिन बजारमा कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ । बुधबार तीन अर्ब २२ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार पाँच अर्ब ५३ करोडको कारोबार भएको छ । आइतबार ३२८ वटा कम्पनीको एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच भएको छ।

आज २३८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २१ कम्पनीको मूल्य घटेको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.४९ प्रतिशतले बढेर प्रति कित्ता ८७४ रुपैयाँ पुगेको छ । यस्तै, जोशी हाइड्रोपावरको सेयर मूल्य ६.९७ प्रतिशतले बढेर २९० रुपैयाँ कायम भएको छ ।

अर्कोतर्फ, विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता १,६६२ रुपैयाँमा सीमित भएको छ ।

सबैभन्दा बढी कारोबार भएको कम्पनी युनियन हाइड्रोपावर रहेको छ। यस कम्पनीको प्रतिकित्ता ४९० रुपैयाँमा २७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा १.७७ प्रतिशतले बढेको हो ।

दोस्रो सर्वाधिक कारोबार भएको कम्पनी मन्जुश्री फाइनान्स रहेको छ, जसको सेयर ७२९.९० रुपैयाँमा २४ करोड ८९ लाख रुपैयाँ बराबर किनबेच भएको छ ।

यस दिन बजारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक वृद्धि भएपछि समग्र नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेको छ ।

Tokha